काठमाडौं,२९ भदौ । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले देशमा अराजकता बढ्दै गएको टिप्पणी गरेका छन् ।
पार्टी निकटको महिला संघले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले सरकार दिशाहिन भएको बताए ।
उनले भने, ‘अहिले अराजकता बढ्दै छ । अहिले मान्छेले भोट हाल्नुपर्दा राप्रपालाई पो हाल्न थालेका छन् हिजो तीस वर्ष तानाशाही शासन गरेको होइन उनीहरुले, तीस वर्ष तानाशाह शासन गर्नेलाई अहिले मान्छेहरुले माया गर्न थालेका छन् । अनि त्यो रास्वपा भन्ने के हो के हो? कसैले चिनेको पनि छैन । तर, मान्छेहरुले त्यतैतिर भोट हाल्न थालेका छन् ।’
खनालले राप्रपाले राजामाग्दै काठमाडौंमा दिनप्रति दिन प्रदर्शन गरिरहँदा आफ्रनो पार्टीले त्यो हिम्मत नदेखाएपनि कम्तीमा कांग्रैस र एमालेले त विचार गर्नुपर्ने बताए । उनले भने, ‘हाम्रो पार्टीको त अहिले कुरा नगरौं जुलुस निकाल्ने बेलै भएको छैन ।’