Logo

स्वर्गीय सुवास नेम्वाङको सम्झनामा शोकसभा (फोटोफिचर)



काठमाडौं, ३० भदौ । नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको स्मृतिमा पार्टीले शोक सभा गरेको छ ।

आज (शनिबार) नेकपा (एमाले) सम्पर्क कमिटीको आयोजनामा शोक सभा गरिएको हो । उक्त शोक सभामा पार्टीका नेताहरुको सहभागिता रहेको थियो । हृदयघातका कारण नेम्वाङको ७१ वर्षको उमेरमा गत मंगलबार निधन भएको थियो । उपस्थित नेता तथा कार्यकर्ताहरुले उनको तस्विरमा पुष्पगुच्छा अर्पण गरेर श्रदाञ्जली व्यक्त गरेका थिए । Photo by: Mukunda Kalikote/RN 



प्रतिक्रिया दिनुहोस्

Screenshot