Logo

स्नातक तह अध्ययनका लागि अथर्व बिजनेस कलेजको ‘जीवनवृति परामर्श’



काठमाडौँ, ३० भदौ । कक्षा १२ को नतिजा सार्वजनिक भएसँगै अब स्नातक तहमा कुन विषय लिएर पढ्ने भन्ने कुराको अन्यौलता धेरै विद्यार्थीहरुमा रहेको पाइएको छ ।  व्यवस्थापन संकाय अन्तर्गत बिबिए (BBA), बिएचएम (BHM) र बिएचसिएम (BHCM) पढाइ हुने अथर्व बिजनेस कलेजले विद्यार्थीहरुमा रहेको अन्यौलतालाई समाधान गर्ने गरि जीवनवृति परामर्श कार्यक्रम दैनिक रुपमा संचालन गर्दै आइरहेको छ ।

काठमाडौंको महाराजगञ्जमा अवस्थित यस कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था हो । जहाँ स्नातक तहमा भर्ना हुनका निमित्त सिम्याट (CMAT) को कुनै आवश्यकता पर्दैन । सन् २०१३ मा स्थापित अर्थव बिजनेस कलेजले आफ्नो स्थापनाकालदेखि नै उत्कृष्ट नतिजा दिँदै आएको छ ।

कक्षा १२ पास तथा पूरक परीक्षा कुरेर बसेका विद्यार्थीहरुले अब के पढ्ने भन्ने त्यस्तो कुनै निर्णय गर्न नसकेको अवस्थामा महाराजगञ्जस्थित रहेको यस अथर्व बिजनेस कलेजमा पुगी परामर्श लिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot