Logo

विशेष महाधिवेशनबाट विचारको विकास नेपालमा पनि हुनसक्छ भन्ने पुष्टि गर्छौंः अग्नि सापकोटा



काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष अग्नि सापकोटाले पार्टीको विशेष महाधिवेशनबाट नेपालमा पनि विचारको विकास हुनसक्छ भन्ने कुरा पुष्टि गर्ने बताएका छन् ।

आज (शनिबार) पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको विचार महाधिवेशनमा वृहङ्गम वसह गर्ने बताएका छन् ।

‘विशेष महाधिवेशनमा हामी महान वहस गर्छौ, यती वृहङ्गम वसह गर्छौं कि दुनियाँलाई विचारको विकास नेपालबाट पनि हुनसक्छ भन्नेखाल्को शक्तिशाली सन्देश दिन हामी वहस अगाडि बढाउँछौं,’– उनले भने ।

जनताले दर्शन, विचार र सिद्धान्तहरुको खोजी गरिरहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot