Logo

नेम्वाङ परिवारलाई एमालेको समवेदना पत्र



काठमाडौं, ३० भदौ । नेकपा (एमाले) का सांसदहरुले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि तथा परिवारमा समवेदना व्यक्त गरेका छन् ।

उपाध्यक्ष विष्णुप्रसाद पौडेललेको नेतृत्वमा बालुवाटारस्थित नेम्वाङ निवास पुगेको सांसदहरुको टोलीले श्रद्धाञ्जलि दिँदै तथा परिवारमा समवेदना व्यक्त गरेका हुन् ।

पार्टी उपाध्यक्ष पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पठाएको समवेदना पत्र पढेर सुनाएका थिए । समवेदना दिन एमालेका सबै सांसद र्गएका थिए । नेम्वाङको गत सोमबार हृदयघातका कारण निधन भएको थियो ।

समवेदना प्रकट गर्न उपाध्यक्ष पौडेलसहित पुगेको सांसदहरुको टोलीलाई स्वर्गीय नेम्वाङका छोरा सुहाङले बाबुको बाँकी सपना पुरा गर्न पार्टीले सपोर्ट र आत्मबल प्रदान गर्ने विश्वास व्यक्त गर्दै आभार प्रकट गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot