काठमाडौं,३१ भदौ । गत साउन ३ गते सिनामंगलबाट बरामद भएको ६० किलो ७१६ ग्राम सुन बरामद प्रकरणको आज जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिने भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको ४ दिनपछि सरकारी वकिलको कार्यालयले अभियोजन पत्र दर्ता गर्न लागेको हो ।
सीआईबीले पक्राउ परेका ३२ सहित ५० जनालाई प्रतिवादी बनाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ। तर सरकारी वकिल कार्यालयले भने उक्त प्रकरणमा पक्राउ परेर हाल थुनामा रहेका ६ जनालाई भने मुद्दा नचलाउने तयारी गरेको छ ।