Logo

डेंगु संक्रमण भएपछि जनमोर्चा उपाध्यक्ष पौडेल ह्याम्स अस्पताल भर्ना



काठमाडौं,३१ भदौ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् पूर्वसांसद दुर्गा पौडेललाई डेंगु संक्रमण भएको छ।

उच्च ज्वरो आएपछि परीक्षण गर्दा पौडेललाई डेंगु संक्रमण पुष्टि भएको हो। हाल उनको राजधानीको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।

भदौ २९ गते अस्पताल भर्ना भएकी पौडेलको शरीरमा रगतको कमी देखिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

पौडेलले केही दिनअघि गृहजिल्ला प्युठान गएकी थिइन्। त्यहीँ उनलाई डेंगु भएको आशंका गरिएको छ। पौडेल प्युठानबाट २०७४ सालमा प्रतिनिधि सभामा निर्वाचित भएकी थिइन् । भने गत वर्ष भएको निर्वाचनमा उनी नेकपा एमालेका युवा नेता सूर्य थापासँग भारी मतान्तरले पराजित भएकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्