काठमाडौं,३१ भदौ । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा शुक्रबार राति ४ जनाको क्रूर तरिकामा भएको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरले सिसिटिभी फुटेजमा देखिएका एक युवकलाई आइतबार बिहान लोकन्थलीबाट पक्राउ गरेको हो।
स्रोतका अनुसार हत्यामा संलग्न भएको आशंकामा उनलाई पक्राउ गरिएको हो।
शुक्रबार राति ११:५५ बजे काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित दिव्य स: मिलभित्र काठले बनेको टहरामा धारिलो हतियार प्रहार गरी चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको थियो।
दोलखा घर भई काष्ठ मिलमा गार्ड काम गर्ने ५५ वर्षीय कुमार भुजेल, उनकी ५० वर्षीया श्रीमती अम्बिका भुजेल, कुमारकी ७६ वर्षीया आमा शुभद्रा भुजेल, र मोरङ बेलबारी घर भई उक्त मिलमा बस्दै आएका अन्दाजी २५ वर्षीया नविन राईको हत्या भएको हो। पोष्टमर्टमको लागि चारै वटा शव महाराजगन्ज टिचिङमा राखिएको छ।
प्रहरीले घटनामा संलग्नको आशंकामा शुक्रबार रातीनै दीपेन्द्र राईलाई पक्राउ गरेर नियन्त्रणमा लिएको छ । उक्त काष्ठ मिलाका सञ्चालक भने दोलखाका बालकृष्ण सिवाकोटी हुन उनी नेकपा एमालेका नेतासमेत हुन् । गत वर्षको मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदमा एमालेका तर्फबाट दोलखाबाट उम्मेदवार बनेका सिवाकोटी सत्तारुढ गठबधनका उम्मेदवार माओवादी केन्द्रका नेता गंगा कार्कीसँग थोरै मतले पराजित भएका थिए ।