Logo

नागरिकलाई बैंकिङ ऋण दिलाउन र ब्याजदर नियन्त्रण गर्न माग गर्दै आईटी आर्मीले आन्दोलन गर्ने



काठमाडौं,३१ भदौ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले गठन गरेको आईटी आर्मीले नागरिहरुलाई बैंकबाट सजहजरुपमा ऋण उपलब्ध गराउन माग गर्दै आन्दोलन गर्ने भएको छ ।

आइतबार रौतहटमा जिल्ला भेला गर्दै आम जनतालाई बैंकिंग ऋण दिलाउन र बैंकको मनोमानी ब्याज बढ़ाउने कार्य रोक्न आम आन्दोलन गर्ने निर्णय गरेको आजपाले जनाएको छ ।

आजपाका महासचिव उपेन्द्र साहको प्रमुख आतिथ्यता एवं पार्टी उपमहासचिव कुन्दन कुशवाहा र पूर्व प्रतिनिधिसभा सदस्य एवं पार्टी सचिव समिना हुसेन लगायतका नेताहरुको उपस्थितिमा सम्पन्न उक्त भेलाले संबवधान दिवसको दिन संविधानको विरोधमा विभिन्न कार्यक्रम गर्ने समेत निर्णय गरेको छ । साथै उक्त भेलाले जयलाल महतोको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी समेत घोषणा गरेको आजपाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्