काठमाडौं, १ असोज । नेपाल प्रहरीका डिआईजी एवं प्रवक्ता कुबेर कडायतले नैतिक शिक्षाको कमीले समाजमा अपराध बढिरहेको बताएका छन् ।
हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पछिल्लो समय नैतिक शिक्षाको कमी, जीवनोपयोगी शिक्षाको कमी, मानिसमा छिट्टै धनी हुने लालसा लगायतका कारणले समाजमा अपराध बढिरहेको बताएका हुन् ।
‘पछिल्लो पटक हामीले हेर्दैजाँदा नैतिक शिक्षाको कमी छ, जीवनोपयोगी शिक्षाको कमी छ, ब्रेन डेन हुने समस्या बढ्दै गएको छ, मान्छेको असन्तुष्टि बढ्दै गएको छ । त्यसले गर्दा अराजकता बढेको छ,’– प्रवक्ता कडायतले भने ।