Logo

समाजवादी ट्रेड युनियन अन्तर्गतको महिला विभाग गठन



काठमाडौं, १ असोज । समाजवादी ट्रेड युनियन महासंघ अन्तर्गतको महिला विभाग पुनर्गठन भएको छ । हिजो (आइतबार) महिला विभाग पुनर्गठन तथा हरितालिका तिजको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजनाबाट सोनाम लामाको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय विभाग पुनर्गठन भएको हो ।

समितिको उपाध्यक्षमा सुष्मा राई, सचिवमा सुनिता राजथला र कोषाध्यक्षमा रोजी तुलाधर रहेका छन् । कार्यक्रमलाई जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य रणध्वज कन्दङ्वा, पार्टीका महिला विभाग प्रमुख लिला सिटौला, राजनीतिक समिति सदस्य राजन केसी, पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले सम्बोधन गरेका थिए ।

समाजवादी ट्रेड युुनियन महासङ्घका अध्यक्ष अर्जुन लम्सालले महिला विभागको घोषणा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot