Logo

काठमाडौं महानगरले भन्यो, ‘ऋषि पञ्चमीको दिन महिला कर्मचारीलाई विदा छैन’



काठमाडौं, १ असोज । काठमाडौं महानगरपालिकाले ऋषि पञ्चमीको दिनमा महिला कर्मचारीहरुलाई विदा नदिने भएको छ । महानगरले हिजो (आईतबार) सूचना जारी गद महानगरबाट प्रकाशित २०८० सालको भित्ते पात्रोमा ऋषि पञ्चमीको दिन विदा उल्लेख भएको भएपनि विदा नरहेको जानकारी गराएको हो ।

‘काठमाडौँ महानगरपालिकाबाट प्रकाशित २०८० सालको भित्ते पात्रोमा मिति २०८० असोज २ गते मंगलवार ऋषि पञ्चमीको दिनमा महिला कर्मचारीहरुलाई विदा भनि उल्लेख भएको भएता पनि उक्त दिन विदा नभएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइएको छ,’– महानगरबाट जारी सूचनामा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot