Logo

एमसीसीको पक्षमा उभिए माधव नेपाल



काठमाडौं, १ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीले एमसीसीको विरोध गर्दा जनताले वाहवाही दिन्थे भन्नु हवाई कल्पनामात्रै भएको बताएका छन् । आज (सोमबार) पार्टी निकट नेवाः सङ्घको स्थापना दिवसलाई काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष नेपाले एसमीसीको घोर विरोध गर्दैमा पार्टीको छवि राम्रो हुने भए यतिबेला मजदुर किसान पाटी देशव्यापी भइसक्ने समेत टिप्पणी गरे ।

‘एमसीसीको घोर विरोध गरेको मजदुर किसान पार्टी यदि विरोध गरेका कारणले वाहवाहीको सिकार हुन्थ्यो भने अहिले देशव्यापी रुपमा फैलिसक्थ्यो । एमसीसीकै विरोधका आधारमा हुनेभए मोहनविक्रमजीहरुको पार्टीलाई सारा जनताले देशभरी भोटैभोट खसालेर सय सिट दिने थिए,’– उनले भने ।

केही मान्छेहरुले एमसीसीलाई अस्वीकार गर्नपथ्र्यो भनेर आफूहरुलाई सरकारबाट फालिदिने र पार्टीलाई कमजोर बनाउने खेल खेल्न खोजेको उनले बताए । नेकपा (एमाले) तर्फ लक्षित गर्दै उनले अमेरिकनहरूको स्वार्थको रक्षा हुने विदेशीहरूको हालीमुहाली चल्दाखेरि तमासा मात्रै हेरेर बस्नेले एमसीसीको विरोध गरेको भए जनताले साथ दिनेथिए भनेको बताए ।

साथै, समाजवादका लागि वर्तमान सत्ता गठबन्धन साधक बनेको उनको दाबी छ । कम्युनिस्ट पार्टीको प्रधानमन्त्री, लोकतन्त्रको आन्दोलनमा लामो योगदान गरेको कांग्रेस र अन्या वामपन्थी दलहरु समेत रहेको उक्त सत्ता गठबन्धन लामो समयसम्म टिकोस् भन्ने आफ्नो चाहना रहेको उनले बताए । उनले अहिले गठबन्धन र सरकारबाट पार्टी नबाहिरिने बताए ।



प्रतिक्रिया दिनुहोस्