Logo

विद्यालय बन्द गरेर शिक्षा विधेयकको विरोध गर्न जाने शिक्षकलाई नगरपालिकाले कारबाही गर्ने



काठमाडौं, १ असोज । सुनसरीको दुहवी नगरपालिकाले विद्यालय बन्द गराएर शिक्षा विधेयकको विरोध गर्न जाने शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

संसद्मा दर्ता भएको संघीय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक संघले असोज ३ गतेदेखि देशव्यापी रुपमा विद्यालय बन्द गराएर शिक्षकहरुलाई काठमाडौंमा हुने आन्दोलनमा उर्ताने बताएपछि नगरपालिकाले यस्तो विज्ञप्ति जारी गरेको छ ।

विद्यालय बन्द गराएर शिक्षा विधेयकको विरोध गर्न गए दुवही नगरपालिका शिक्षा सम्बन्धमा व्यवस्थापन गर्न बनेको ऐन २०७७ को दफा ११२ बमोजिम कारबाही गर्ने चेतावी दिएको हो । File Photo/RN 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot