काठमाडौं,२ असोज । राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले ९६२ जनालाई विभूषित गर्ने भएको छ ।
शिक्षा मन्त्रालयले विभिन्न विभूषणका लागि स्वीकृत भएकाहरूको नामावली सार्वजनिक गरेको छ ।
यसपटक ९०५ जनालाई नेपाल विद्याभूषण प्रदान गरिंदैछ । त्यसमध्ये ७९० जनालाई नेपाल विद्याभूषण (क), ७१ जनालाई (ख) र ४४ जनालाई (ग) प्रदान गरिनेछ ।
साथै ४६ जनालाई नेपाल छात्रा विद्यापदक प्रदान गरिंदै छ । जसमा नेपाल छात्रा विद्यापदक क २८ जनलाई र ख १८ जनालाई प्रदान गरिने छ । त्यसरी पाउनेमा शिक्षा क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिहरू रहेका छन्। आजको कार्यक्रममा उनीहरूको नाम मात्र घोषणा गरिनेछ। पछि उपयुक्त समयमा प्रदान गरिने मन्त्रालयले जनाएको छ।
यस्तै, ११ जनालाई नेपाल प्रविधि विद्याभूषण प्रदान गरिने शिक्षा मन्त्रालयले जनाएको छ । सरकारले अनिवार्य तथा निस्शुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने घोषणा गरेको छ ।
यस वर्ष ‘समावेशी र सीपमूलक शिक्षा ः स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।
यस्तो छ विद्या भूषणबाट विभूषित हुनेहरुको सूची