Logo

शिक्षक महासंघ मन्त्रालयसँगको वार्तामा नबस्ने



काठमाडौं, २ असोज । नेपाल शिक्षक महासंघ मन्त्रालयले बोलाएको वार्तामा नजाने भएको छ । महासंघले भोलिदेखि काठमाडौं केन्द्रीत आन्दोलनको घोषणा गरेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा बोलाएको थियो ।

महासंघले आन्दोलनको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । ५२ वर्षपछि नयाँ शिक्षा ऐनका लागि संसद्मा दर्ता भएको शिक्षा विधेयकलाई लिएर महासंघले आन्दोलन गर्न लागेको हो ।

भोलिदेखि देशैभरका विद्यालय बन्द गराएर शिक्षकहरुले काठमाडौं केन्द्रीत आन्दोलन गर्दैछन् । शिक्षा विधेयकप्रति महासंघको विभिन्न २० बुँदे असन्तुष्टि रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot