काठमाडौं, २ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको पार्टी सभापति र प्रधानमन्त्री मय चेत बुझ्न र हाँक्न सक्ने खोजिने बताएका छन् ।
आज (मंगलबार) कांग्रेस नेता डा. शेखर कोइरालाले बोलाएको बैठकमा सहभागी नहुनेतर्फ लक्षित गर्दै उनले २०८२ मा महाधिवेशनबाट पार्टी पंक्तिमा उर्जा र नागरिकको वितृष्णा चिर्दै नवीन विश्वासका साथ काम गर्ने सभापति खोजिने बताएका हुन् । साथै, अब कांग्रेसबाट बन्ने प्रधानमन्त्री समय चेत बुझ्न र हाँक्न सक्ने हुने उनको भनाई छ ।
‘पार्टी पंक्तिमा उर्जा, नागरिकको वितृष्णा चिर्दै नवीन विश्वास, ०८२ मा महाधिवेशन सुनिश्चितता, समय चेत बुझ्न र हाँक्न सक्ने सभापति र अबको प्रधानमन्त्री,’– सामाजिक सञ्जालमा उनले लेखेका छन् ।
कांग्रेसमा विचार समुहहरु र सिंगो संस्थाले विमर्शको केन्द्र यसैलाई बनाएर सार्थक बहस र तार्किक निष्कर्ष क्रमश खोज्नुपर्ने उनको भनाई छ ।