Logo

जनआवाज सुन्न रवि लामिछाने रोल्पा जाने, कुन जिल्लामा को खटियो?



काठमाडौं,२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीले जनआवाज सुन्न विभिन्न १९ जिल्लामा नेता कार्यकर्ता खटाएको छ ।

सभापति रवि लामिछाने सहित केन्द्रीय सदस्य र सांसदहरुलाई ‘जन आवाज सुन्ने कार्यक्रम’ को पहिलो चरणमा १९ जिल्लामा पठाउन लागिएको छ । रास्वपाका अनुसार १९ जना नेता तोकिएको जिल्लाका गाउँमा पुगेर जनआवाज सुन्नेछन् । दस्तावेजमा नागरिका सुझाव गाउँ पुग्ने नेताहरुले सुन्नेछन् ।

रास्वपाले खटाएका १९ जना केन्द्रीय नेताहरुमध्ये सभापति रवि लामिछाने रोल्पा जाने भएका छन् । भने, उपसभापति डोलप्रसाद अर्याल पर्सा जाने भएका छन् ।

जनआवाज सुन्न सांसद हरि ढकाल सोलुखुम्बू पुग्दा हर्का सांसद विराजभक्त श्रेष्ठ बैतडी जाने भएका छन् । सुमना श्रेष्ठ कैलाली, सन्तोष परियार कपिलबस्तु, शिरि खनाल रशुवार मनिष झा पर्वत जाने रास्वपाले जनाएको छ । जनआवाज सुन्ने कार्यक्रम संविधान दिवसको दिन (३ असोज) बाट सुरु गरे पहिलो चरण ७ असोजमा सकिनेछ ।



प्रतिक्रिया दिनुहोस्