Logo

नेम्वाङलाई सम्झिँदै शाक्यले भनिन्: सबैलाई मिलाउन सक्ने खुबीका कारण नै संविधान जारी गर्न सम्भव भयो



काठमाडौं,२ असोज । नेकपा एमालेकी उपाध्यक्ष तथा बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सबैलाई मिलाउन सक्ने सुवास नेम्वाङको खुबीका कारण नै संविधान जारी गर्न सम्भव भएको बताएकी छन् ।

एमाले गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको ‘नेपालको संविधान निर्माणमा सुबासचन्द्र नेम्बाङ’ बिषयक बिचार गोष्ठीमा बोल्दै उपाध्यक्ष शाक्यले यस्तो बताएकी हुन ।

‘सुवास नेम्वाङसँग सबैलाई मिलाउन सक्ने खुबी थियो, उहाँको त्यही खुबीका कारण नै तत्कालिन अबस्थामा संविधान जारी हुन सकेको हो,’ शाक्यले भनिन्, ‘उहाँको प्रभाबशाली र शालिन शैली सबैका लागि अनुकरणीय छ ।’

स्मृति सभामा एमाले सचिव तथा गण्डकी इन्चार्ज गोकर्ण बिष्टले संविधानसभाको असहमतिका दर्जनौं बुदालाई सहमतिमा परिणत गर्दै सर्वस्वीकार्य समाधान निकाल्ने खुवी सुबास नेम्बाङ भएको उल्लेख गरेका छन् ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य थममाया थापा, गण्डकी प्रदेश सरकारका कृषी मन्त्री महेन्द्रध्वज जिसि, नेकपा माओबादी केन्द्रका पोलिट्ब्युरो सदस्य राजकाजी गुरुङ लगायत उपस्थित भएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot