Logo

एनआरएनए आईसीसीको सह-कोषाध्यक्षमा ददिबल खड्काको बलियो सम्भावना



जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको सह–कोषाध्यक्षमा जापानबाट समाजसेवी, सफल व्यवसायी ददिबल खड्काले उम्मेद्वारी दिने घोषणासँगै जीतने सम्भावना बलियो भएको छ ।

वर्तमान एसिया प्यासिफिक उप–संयोजक खड्काले आगामी कार्यकाल (२०२३–०२५) को लागि आइसीसीको सह कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेसँगै ब्यापक सहयोग जुटेको छ।

जापानमा सफल ब्यवसायीको रूपमा परिचित सहयोगी मनका खड्काले निस्वार्थ सेवाको प्रतिबद्धतासहित उम्मेद्वारी दिने घोषणा गरेको जानकारी दिए ।

जापानको मुख्य शहरहरुमा रेष्टुरेण्ट लगायत व्यवसायी गरिरहेका खड्काले एनआरएनए आइसीसी सह–कोषाध्यक्ष पदमा सशक्त उम्मेद्वारी दिने र एशिया, यूरोप, अमेरिका लगायत मुलुकका एनआरएनए अभियन्ताहरुलाई सहयोग गर्न अपील गरेका थिए ।

एनआरएनए आइसीसी सदस्य, एसीयाको डीआरसी हुँदै मोना जापानको सल्लाहकार हाल मोना आइसीसीको वरिष्ठ उपाध्यक्ष, नेपाली ब्यवसायी संघ जापानको वरिष्ठ उपाध्यक्ष लगायत जापानको विभिन्न संघ÷संस्थामा आवद्ध खड्काले सामाजिक कार्यको लागि जापानको नेपाली संघ÷संस्थाका कार्यक्रमहरु र मातृभूमिमा गरीबको लागि घर निर्माणदेखी विद्यालयमा सकेको सहयोग गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्