Logo

टीकापुर घटनामा संलग्न रहेका ४ जना कारागारबाट रिहा, रेशम र रन्जिताले गरे भव्य स्वागत



काठमाडौं,३ असोज । २०७२ सालको भदौमा अखण्ड थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा भएको नरसंहारकारी घटनामा संलग्न भएको आरोपमा कैद सजया भुक्तान गरिरहेका ४ जना संविधान दिवसको अवसरमा रिहा भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस ०८० को अवसरमा टीकापुर घटनामा संलग्न रहेका बिरबहादुर चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी र श्रवण चौधरीको बाँकी कैद सजाय माफी मिनाह गरेका थिए । राष्ट्रपति पौडेलबाट कैद मिनाह भएपछि उनीहरु आजै रिहा भएका हुन् ।

आज रिहा भएकामध्ये श्रवण चौधरी पोखराको बाल सूधार गृहमा रहेका थिए । भने, अन्य तीन जना कैलाली कारागारमै कैद सजाय भुक्तान गरिरहेका थिए । यसअघि गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति पौडेलले टीकापुर नरसंहारका प्रमुख योजनाकार भनेर तीन तहको अदालतबाट जन्मकैदको सजाय पाएका रेशमलाल चौधरीलाई आम माफी दिएका थिए ।

संविधान दिवसको अवसरमा रिहाइ भएका राजबन्दीलाई स्वागत गर्न नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका पूर्व सांसद रेशमलाल चौधरी, केन्द्रीय अध्यक्ष तथा भूमि व्यवस्था तथा सहकारी गरिबि निवारणमन्त्री रन्जिता चौधरी, संघीय सांसदद्धय गंगाराम थारु र अरुण चौधरीका साथै प्रदेश सरकारका मन्त्री तथा सांसदहरु कैलाली कारागार पुगेका थिए ।

वि.सं. २०७२ सालमा टीकापुरमा थरुहट आन्दोलनको क्रममा बालक, सुरक्षाकर्मीसहित ८ जनाको हत्या भएको थियो।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot