Logo

‘म आजपनि भन्छु, संघीयता फेल भयो भने, हाम्रो कारणले हुँदैन, त्यो केन्द्र सरकारकै कारणले हुन्छ’



काठमाडौं,३ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानले निदृष्ट गरेका अधिकारहरू कार्यान्वनमा नआउँदा जटिलता आइरहेको बताएका छन् ।

बुधबार नवौं संविधान दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले संविधानले तोकेको अधिकार केन्द्रले प्रदेश र स्थानीय सरकारलाई दिन नखोजेको बताए ।

‘म आज पनि भन्छु, संघीयता फेल भयो भने, हाम्रो कारणले हुँदैन, त्यो केन्द्र सरकारकै कारणले हुन्छ’, उनले भने, ‘अधिकार बाँडफाँटमा संकुचित हुनुभएन, जेजे लेखिएको छ त्यहीअनुसार काम गर्न पाउनुपर्छ ।’ संविधान पूर्ण कार्यान्वयनका लागि संघीयता कार्यान्वयन पूर्ण हुनुपर्ने र त्यो अधिकारमा जोडिएको उनले बताए ।

उनले प्रदेश सरकारलाई अधिकार समपन्न गराउन केन्द्रसँग आग्रहसमेत गरे । संविधान कार्यान्वयन गर्न सबै निकायहरूबीचमा समन्वय र सहकार्य हुनुपर्ने बताए ।

‘संविधानमा भएका अधिकारहरू चाँडै प्रदेशले प्राप्त गरोस् । सम्माननीय प्रधानमन्त्रीज्युलाई मेरो आग्रह छ,संविधानमा लेखिएका कुराहरू दिनलाई कहाँ कन्जुस्याँइ भएको छ ?’,उनले भने,‘अहिलेको संविधान यस्तो संविधान हो, हामीलाई गाली गर्न छुट छ । यो संविधान मान्दैनौँ भन्नेहरूलाई पनि यो संविधानले छुट दिएको छ।’



प्रतिक्रिया दिनुहोस्