Logo

‘माओवादीसँग डराएर उनीहरूको चित्त बुझाउनका लागि बनाईएको संविधानलाई उत्कृष्ट भन्न सकिँदैन’



काठमाडौं,३ असोज । पूर्व सभामुख दमननाथ ढुंगानाले नेपालको संविधानलाई विश्वकै उत्कृष्ट संविधान मान्न नसकिने बताएका छन् ।

नेपाली कांग्रेसले गरिरहेको बिपी साहित्य महोत्सवको समापन कार्यक्रममा बोल्दै ढुंगानाले तत्कालीन विद्रोही पक्ष माओवादी केन्द्रसँग डराएर उनीहरुको चित्त बुभलाउनकै लागि जारी गरिएको संविधान भएको काराण उक्त संविधानलाई उत्कृष्ट भन्न नमिल्ने जिकिर गरे ।

“यो संविधानमा बीपी तत्व छँदै छैन । म संविधान दुर्घटनामा जाओस् भन्ने पक्षमा छैन । तर, एकेडेमिक बहसमा यो संविधान उत्कृष्ट भन्न सक्दिनँ,” उनले भने, “यो माओवादीसँग डराएर उनीहरूको चित्त बुझाउनका लागि बनाएको संविधान हो ।”

बीपीले उबेलैमा संविधानसभाबाट संविधान जारी गर्नुपर्छ भन्ने गरेको बताए । उनले भने, “किनभने उहाँ संविधानको ज्ञाता पनि हनुहुन्थ्यो । २००७ साल देखि २०३९ सालसम्मको अवधि संविधानकै सेरोफेरोमा घुमेको देखिन्छ । २००७ सालमा बनेको भए कस्तो बन्थ्यो होला भनेर बहस हुन सक्छ । त्यसबेला भएको भए बीपी नेतृत्वको क्रान्तिको जगमा संविधान बन्थ्यो भने अहिले माओवादीको सशस्त्र कान्तिको जगमा बनेको हो ।”  file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot