Logo

संविधान दिवसको शुभकामना दिँदै लिङ्देनले भने: सबै अटाउने गरी संशोधन गर्ने सद्बुद्धि प्राप्त होस्



काठमाडौं,३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले वर्तमान संविधानमा सबै अट्ने गरी संशोधन हुनुपर्ने बताएका छन् । उनले भनेको सबै अट्नेको अर्थ भने नखुलाएपनि राजालाई पनि भूमिका दिनुपर्ने संकेत गरेका छन् । राप्रपा घोषित रुपमै राजवादी पार्टी भएकाले उनले राजा पनि संविधानमा अटाउनुपर्ने वकालत गरेको प्रष्ट हुन्छ ।

उनले यो संविधान अपूर्ण मात्र नभएर कैयौँ समस्याको जडसमेत भएको बताएका छन् । उनले संविधान गीता, बाइबल,कुरान जस्तो असंसोधनीय नहुने भन्दै भनेका छन्, ‘पर्खनु र थप वर्वादी व्यहोर्नुभन्दा सबैको सहमतिमा नमिलेका सबै मिलाएर सबै अटाउने संविधान निर्माण आजको आवश्यकता हो । हामी सबैलाई सद्बुद्धि प्राप्त होस् ।’

सामाजिक सञ्जालमा संविधान दिवसको अवसरमा शुभकामना दिँदै उनले संविधानका कमीकमजोरी औँल्याएका हुन् । उनले भनेका छन्, ‘शक्ति राष्ट्रहरूको तीव्र प्रतिस्पर्धा, अस्थिर सरकार, नियन्त्रण र सन्तुलनको कमजोर अवस्था, कमजोर अर्थतन्त्र, कमजोर धार्मिक सामाजिक सद्भाव, बढ्दो भ्रष्टाचार र वेरोजगारी यी सबैको जगमा वर्तमान संविधान रहेको सत्यलाई स्वीकार्न ढिलो गर्नुहुन्न ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot