Logo

जनप्रतिनिधि र कर्मचारी थाकेको भन्दै मण्डनदेउपुर नगरपालिकामा आज ‘थकाइ’ बिदा!



काठमाडौं,४ असोज । काभ्रेपलाञ्चोकको मण्डनदेउपर नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले नवौं संविधान दिवसको अवसरमा बुधबार नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न र दिवस मनाउँदा कर्मचारी र जनप्रतिनिधिलाई थकाइ लागेको भन्दै सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको छ ।

‘तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने काममा खटिँदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधि थकित भएका कारण बिहीबार नगरपालिकाको कार्यालय, यस अन्तर्गतका कार्यालय, विद्यालय लगायत सम्पूर्ण सरकारी तथा गैर–सरकारी संस्थालाई बिदा गरिएको छ’, नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।

मण्डनदेउपुर नगरपालिका पुरानो कार्यालयबाट नयाँ भवनमा सरेको छ । कार्यालया सार्नेक्रममा ३ दिनदेखि कर्मचारी खटिएका थिए । बुधबार संविधान दिवसका दिन पनि उनीहरु दिनभर नै कार्यालय सार्ने र व्यवस्थापन गर्ने काममा खटिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot