Logo

अभ्यासका क्रममा क्रिकेटर ललित राजवंशी घाइते, एसियाली खेलकुद नखेल्ने



काठमाडौं,४ असोज । १९ औं एसियन गेम्सअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशी घाइते भएका छन् ।

बुधबार अभ्यासका क्रममा फिल्डिङ गर्ने क्रममा ललितको क्लोज राइट क्लाभिकल फ्राक्चर डाइगनोस (ब्यूटिबोन) भएपछि अर्को सातादेखि हुने खेलमा नेपाललाई ठूलो झट्का लागेको छ। राजवंशी घाइते भएपछि उनको आज शल्यक्रियाको तयारी गरिरहेको क्यानले पेजमा उल्लेख गरेको छ।

‘चीनमा आयोजना हुने १९औं एसियन गेम्सको लागि भैरहेको बन्द प्रशिक्षणको अभ्यासका क्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य ललित राजवंशी घाइते भएका छन्। घाइते भएर काँधको हड्डी(क्लोज्ड राइट क्याल्भिकल फ्याक्चर) भाँचिएकोले आज शल्यक्रिया गर्ने तयारी गरिएको छ।’, क्यानले फेसबुक पेजमा उल्लेख गरेको छ।

ललितको बुधबार नै बीएण्डबी अस्पतालमा शल्यक्रिया गरिँदैछ। शल्यक्रियापछि ललित कम्तीमा ६ देखि १२ साता मैदान बाहिर रहनेछन्।

दायाँ हातको ब्युटीबोनमा चोट लागेपछि उनलाई बुधबार नेशनल अस्पताल कलंकी लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि उनको बिहीबार बिहान बीएन्डबी अस्पताल ग्वार्कोमा शल्यक्रिया हुँदैछ।

घाइते भएसँगै ललितले १९ औँ एसियाड गुमाउनेछन्। एसियाडमा पुरुष क्रिकेटका खेलहरु २७ सेप्टेम्बरदेखि ८ अक्टोबर सम्म हुँदैछ।

समूह ए मा रहेको नेपालले १० गते बुधबार मंगोलिया र १४ गते मालदिभ्ससँग खेल्दैछ। समूहका शीर्ष टोलीले अन्तिम आठमा स्थान बनाउनेछन्।



प्रतिक्रिया दिनुहोस्