Logo

भीआईपीहरुलाई मापदण्डविपरीत दिएको सुविधा १५ दिनभित्र फिर्ता गर्न राज्य व्यवस्था समितिको निर्देशन



काठमाडौं,४ असोज । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भीआईपीहरुलाई मापदण्डविपरीत दिएको सुविधा १५ दिनभित्र फिर्ता गर्नराउन सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार समितिका सभापति रामहरी खतिवडाको अध्यक्षतामा बसेको बैठकले बैठकले भीभीआइपी र भीआईपीहरुलाई मापदण्ड विपरीत उपलब्ध गराइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिले उनीहरुलाई फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन र समितिलाई जानकारी गराउन पनि अनुरोध गरेको छ । त्यसैगरी सरकारका मन्त्री तथा पदाधिकारीहरूले नियमानुसार पाउनेभन्दा बढी सवारी साधनहरू प्रयोग गरेको भए सो पनि फिर्ता गर्न निर्देशन दिइएको छ ।

त्यसैगरी समितिले सरकारले अत्यावश्यक सेवाका कार्यालयहरू सार्वजनिक बिदाको दिनमा पनि खोल्ने निर्णय गरेकोमा कार्यान्वयनमा प्रभावकारिता नभएकाले सो निर्णय कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ ।

समितिले प्रधानमन्त्री, मन्त्रिपरिषद् कार्यालयको निर्णयअनुसार सुशासन कायम राख्न सार्वजनिक बिदाका दिन कार्यमलय खोल्ने निर्णय यथाशीघ्र कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ।

तस्बिरहरु: मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल डटकम

 

 



प्रतिक्रिया दिनुहोस्