Logo

चन्द्र भण्डारीसहित आठ जनालाई देउवाले गरे केन्द्रीय सदस्यमा मनोनित



काठमाडौं, ४ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आठ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । केन्द्रीय सदस्यमा मनोनित हुनेमा डा.चन्द्र भण्डारी, मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, शिवप्रसाद हुमागाई, किरणराज शर्मा पौडेल, भरतकुमार शाह, शारदा पौडेल र अनिलकुमार रुंगटा रहेका छन् ।

सभापति देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम आठ जना नेतालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot