Logo

आन्दोलनरत शिक्षकहरुले मागे शिक्षामन्त्री राईको राजिनामा



काठमाडौं,४ असोज । सरकारले गत हप्ता संसद्मा दर्ता गराएको शिक्षा विधेयकको विरोधमा देशैभरका समूदायिक विद्यालयका शिक्षकहरु आन्दोलित बनेका छन् ।

शिक्षा विधेयक खारेज गर्न माग गर्दै बुधबारबाट काठमाडौं केन्द्रीत आन्दानदनमा होमिएका शिक्षकहरुले आजपनि आफ्नो आन्दोलनलाई जारी राखेका छन् ।

शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले नेतृत्व गरिरहेको आन्दोलनमा शिक्षकहरुले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको राजिनामा माग गरेका छ्न ।
संसद्मा दर्ता भएको शिक्षा विधेयकमा महासंघले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ। जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन्।

ती माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ।

उनीहरुले विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर, शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गर, शिक्षामन्त्री राजीनामा दे, कक्षा १२ सम्मको पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर्, १० वर्षमा आवधिक बढुवाको ग्यारेन्टी गर्, राहत र उच्च मावि दरबन्दी स्वीकृत गर्, शिक्षा विधेयक संशोधन गर् लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर आजपनि विरोध जनाएका हुन्।

आजमात्रै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता भएको थियो । तर सरकारसँग सहमति नभएपछि वार्ता निष्कर्षवीहिन बनेको थियो ।



प्रतिक्रिया दिनुहोस्