Logo

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरू



काठमाडौं,४ असोज । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी मुख्यालय बीपी नगर सानेपामा सुरु भएको छ । यसअघि बसेको बैठकले तय गरेको मितिमै कांग्रेसको नियमित बैठक बसेको हो ।

बैठकले आगामी महासमिति बैठकबारे निर्णय लिने सम्भावना छ । नीति महानधिवेशन नगरी महासमिति बैठक गर्ने यसअघिको केन्द्रीय कार्यसमिति बैठकले निर्णय गरेको थियो । त्यसको तयारीबारे यो बैठकले निर्णय गर्नेछ ।

यस्तै यो बैठकले यसअघिको बैठकमा गरिएका निर्णयहरूको कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्नेछ । यसअघिको बैठकले पार्टी सञ्चालनको क्यालेन्डर पारित गरेको थियो । सो क्यालेन्डरअनुसार कार्यक्रमहरू भए नभएको विषयमा समीक्षा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्