Logo

शिक्षकहरुसँग विगतमा भएका सबै सहमति सम्बोधन गर्छौंः मन्त्री खड्का



काठमाडौं, ४ असोज । उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसँग विगतमा गरिएका सहमतिहरु कार्यान्वयन हुने बताएका छन् ।

नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका मन्त्री खड्काले पार्टीको केन्द्रिय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै आन्दोलनरत शिक्षकसँग आज विहान पनि एक चरणमा छलफल भएको र यसअघि भएका सबै सम्झौताहरुलाई विधेयकले सम्बोधन गर्ने बताएका हुन् ।

‘जे–जे कुरामा सहमति भएको छ, उहाँहरुले यो–यो हाम्रो सहमति भएको थियो सरकारलाई विधेयकभन्दा बाहिर गयो, यो कसरी छुट्यो भन्नुभयो भने जे–जे सहमति भएका छन् अहिलेसम्म त्यो सहमति भएको बुँदाबाट सरकार पछाडि हट्दैन,’– उनले भने ।

मुलुकको अहिलेको अर्थतन्त्रले तत्तकाल धान्न नसक्ने कुरा बुझिदिन उनले शिक्षकहरुलाई आग्रह गरे । शिक्षकहरुको समस्या समाधान हुने उनको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot