Logo

एमाले उपमहासचिव ज्ञवालीको प्रश्नः ‘शिक्षकको मन दुखाएर शिक्षाको विकास कसरी हुन्छ ?’



काठमाडौं, ४ असोज । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले शिक्षकको मन दुखाएर शिक्षाको विकास नहुने बताएका छन् ।

उनले दुई दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षकहरुसँग अविलम्ब वार्ता गर्न सरकारलाई सुझाव दिएका छन् । शिक्षकका जायज माग पुरा गर्न र नियमित रुपमा पठन–पाठन सुचारु गर्न उनले सरकारको ध्यानाकार्षण गराएका छन् ।

‘दुई दिनदेखि देशैभरिका शिक्षकहरू आन्दोलनका लागि काठमाडौँमा केन्द्रित हुनुहुन्छ । सरकार ! शिक्षकहरूसँग अविलम्ब वार्ता गर । सम्भव माग तत्काल पूरा गर र पठनपाठन पुनः चालू गर । उनले भनेका छन्, ‘शिक्षकहरूको मन दुखाएर शिक्षाको विकास कसरी हुन्छ ?’



प्रतिक्रिया दिनुहोस्