Logo

विर्तामोडमा भाटभटेनीको २६औं शाखा आजदेखि सञ्चालन, एमाले अध्यक्ष ओलीद्वारा अवलोकन



काठमाडौं, ४ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापाको विर्तामोडमा आजदेखि सञ्चालनमा आएको भाटभटेनी सुपरमार्केटको अवलोकन गरेका छन् ।

आज (बिहीबार) दमकमा अयोजित समृद्ध नेपाल सुखी नेपाली विषयक अन्तर मावि वक्तृत्वकला तथा साक्षत्कार कार्यक्रममा सहभागी हुन झापा पुगेका ओलीले भाटभटेनी सुपरमार्केटको अवलोकन गरेका हुन् ।

ओलीसँग पार्टीका नेताहरु विशाल भट्टराई, अग्नि खरेल लगायतका नेताहरु पनि भाटभटेनी अवलोकनमा पुगेका थिए । ओली नेतृत्वको टिमलाई भाटभटेनीका सञ्चालक मिन बहादुर गुरुङले स्वागत गरेका थिए ।

विर्तामोडमा भाटभटेनी सुपरमार्केटको २६औं शाखा आजदेखि सञ्चालनमा आएको हो । अवलोकनका क्रममा ओलीले केही सपिङसमेत गरेका थिए । ओलीले सञ्चालक गुरुङलाई बधाई तथा व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे ।

विर्तामोडमा सञ्चालनमा आएको उक्त सुपरमार्केटमा स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूट्वेर, फूड्कोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबलिकाका लागि किडजान तथा स्केट पार्क लगयतका सुविधाहरु रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot