Logo

शान्ति प्रक्रियालाई दाउपेचको विषय नबनाऔं, छिट्टै टुंग्याऔं: राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना



काठमाडौं,४ असोज । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘विस्तृत शान्ति सम्झौताः २०६३ कार्यान्वयनका १७ वर्ष : उपलब्धि, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रियामा अध्यक्ष तिमिल्सिनाले शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताएका हुन् ।

उनले शान्ति प्रक्रियालाई नेपालका राजनीतिक दलहरु आफैं सक्षम भएर टुंगोमा पुर्‍याउनुपर्ने बताएका थिए । शान्ति प्रक्रिया टुंग्याउनुपर्ने विषयमा सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने र कुनै पनि अन्तर्राष्ट्रिय समुदायलाई दोष दिन नहुने उनको भनाइ थियो ।

शान्ति प्रक्रियालाई दाउपेचको विषय बनाउनु नहुने भन्दै अध्यक्ष तिमिल्सिनाले पीडितहरुसँग पनि छलफल गरेर उनीहरुले न्याय पाउनेगरी शान्ति प्रक्रियाको विषय टुंगिनुपर्नेमा जोड दिए ।

अध्यक्ष तिमिल्सिनाले भने, ‘देशको प्रगति गर्ने कुरामा हामी आफैं केन्द्रित भएर लागौं । पीडितहरुसँग छलफल गर्नुपर्‍यो । अन्तर्राष्ट्रिय जगतलाई कहिले कसले प्रयोग गर्ने, कहिले कसले प्रयोग गर्ने । यो शान्ति प्रक्रियालाई दाउपेचको विषय बनाउनु हुँदैन । पुरानो घाउलाई बल्झाइरहने होइन अब सल्ट्याउनका लागि नेतृत्व एक ठाउँमा आउनुपर्‍यो ।’  file photo 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot