Logo

शिक्षकहरु सडकमा भेला छन् (कविता)



  • पूर्ण बस्नेत

शिक्षकहरु काठमाडौंको सडकमा भेला छन् ।
धेरैजसो काङ्ग्रेस र कम्युनिष्टका चेला छन् ।

विद्यालयका शिक्षक र काङ्ग्रेस-कम्युनिष्ट घनिष्ट छन् ।
कोही साथीभाइ, छिमेकी त कोही इष्ट छन् ।
धेरैजसो काङ्ग्रेस र कम्युनिष्टका चेला छन् ।
शिक्षकहरु काठमाण्डौका सडकमा भेला छन् ।

सडक, सदन, सरकारमा काङ्ग्रेस कम्युनिष्ट छन् ।
कसका विरुद्ध लडेको कोसँग कति अभीष्ट छन् ?
शिक्षकहरु काठमाडौंको सडकमा भेला छन् ।
धेरैजसो काङ्ग्रेस र कम्युनिष्टका चेला छन् ।

बन्द, हड्ताल, धर्ना, जुलुस विरोध प्रदर्शनको बेला छ ।
काङ्ग्रेस कम्युनिष्टले बिरालोले मुसोझैँ खेला छ ।
शिक्षकहरु काठमाडौंको सडकमा भेला छन् ।
धेरैजसो काङ्ग्रेस र कम्युनिष्टका चेला छन् ।

(बस्नेत जनता समाजवादी पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख हुन् )

 



प्रतिक्रिया दिनुहोस्