Logo

सुन प्रकरणमा उच्चस्तरीय आयोग बनाउने आज अन्तिम दिन, सरकारको छैन कुनै सुरसार



काठमाडौं,५ असोज । गत साउन २ गते हङकङ्बाट अवैधरुपमा ल्याईएको ६० किलो ७१६ ग्राम सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट पास भएपछि भोलिपल्ट (साउन ३ गते) सिनामंगलबाट राजस्व अनुसन्धानको टोलीले बरामद गरेको घटनामा सत्यतथ्य छानबिन गर्न एक शक्तिशाली आयोग गठन गर्ने दलहरुबीच भएको सहमति आज सकिँदैछ ।

३ गते बरामद उक्त सुन प्रकरणलाई लिएर गत साउन १० गतेदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद् अवरोध गरेपछि सरकारले भदौं ६ गते २ बुँदे सहमति गरेर सदन सूचारु गरेको थियो । संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख ७ राजनीतिक दलहरुबीच भएको सहमति अनुसार आजसम्म उक्त प्रकरणबारे प्रहरीको अनुसन्धान टोलीले अनुसन्धान गर्ने र आजै उच्चस्तरीय छानबिना आयोग बनाउने सहमति भएको थियो ।

सरकार र प्रतिपक्षीबीच भएको सहमति अनुसारको समय सीमा आज सकिन लागेपनि सरकारले भने यसबारेमा कुनै छलफल थालेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हाल अमेरिका भ्रमणमा छन् । भदौ ३० गते अमेरिका उडेका दाहाल आज चीन भ्रमणमा जाँदैछन् । उनी अझै एक सातासम्म चीनमै रहनेछन् भने, हाल कार्यवाहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गरिरहेका छ्न ।



प्रतिक्रिया दिनुहोस्

Screenshot