Logo

‘शिक्षा विधेयकका कारण सिकाउने शिक्षक सडकमा र सिक्ने विद्यार्थी वैदेशिक रोजगारीमा जाने अवस्था आयो’



काठमाडौं,५ असोज । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधि सभा सदस्य प्रेम सुवालले सरकारले संसद्मा दर्ता गराएको नयाँ शिक्षा विधेयक संघीयता विरोधी भएको बताएका छ्न ।

शुक्रबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै सुवालले शिक्षा विधेयकका कारण सिकाउने शिक्षक सडकमा र सिक्ने विद्यार्थी विदेशमा जानुपनेृ अवस्था सिर्जना भएको बताए । उनले शिक्षकहरुले उठाएका जायज माग तत्काल सम्बोधन गर्न निर्देशन दिन समिति समक्ष माग गरे ।

उनले भने, ‘सिकाउने शिक्षक सडकमा, सिक्ने विद्यार्थी वैदेशिक रोजगारीमा छन्। शिक्षा विधेयकको विरोधको नाममा सडक अवरोध भएको छ। विधेयकमा केही विषय आपत्तिजनक भनेको छ। जस्तो स्थानीय तहको अधिकार खोस्ने र जिल्ला शिक्षा कार्यालयलाई पुनः स्थापित गर्ने यो संघीयता विरोधी भयो भनेर आएको छ।’

सुवालले सरकारले दर्ता गरेको विधेयक संघीयता विरोधी रहेको र विधेयकले वाक स्वतन्त्रताको रक्षा पनि नगर्ने दाबी गरेका छ्न । उनले भने, ‘राजनीति गर्न नपाइने भन्ने लेखेको छ। राजनीति गर्न नपाउने भनेर कतिले ठिक छ भने कतिले ठिक छैन भने। भ्रष्टाचार गर्नु हुँदैन भन्ने पनि राजनीति हो। त्यसकारण यो संघीयता विरोधी भयो। अर्को राजनीतिको नाउँमा वाक स्वतन्त्रता पनि हनन हुने खालको भयो।’  file photo 



प्रतिक्रिया दिनुहोस्

Screenshot