Logo

केन्द्रीय कार्यसमितिलाई ईश्वरी न्यौपानेको सुझावः ‘आफ्नो र गुटको लडाईँ छोडौं, जनताको पक्षमा लडौं’



काठमाडौं, ५ असोज । नेपाली कांग्रेसकी नेतृ ईश्वरी न्यौपानेले शिक्षकहरुका जायज माग सम्बोधन हुनुपर्ने बताएकी छन् । पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले प्रजातान्त्रिक आन्दोलनको दीयो बाल्दै हिँड्ने शिक्षकहरुको जायज माग सम्बोधन हुनुपर्ने बताएकी हुन् ।

साथै, उनले समाज नकरात्मकतातर्फ धकेलिएको भन्दै चिन्ता व्यक्त गरेकी छन् । पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको विषयमा सामाजिक सञ्जालमा अरुलाई पनि छप्काउन पर्ने लगायतका नकारात्मक विषयले प्रश्रय पाएको उनको भनाई छ । पार्टीका नेताहरु अब आफ्नो र गुटको पक्षमा लड्न छोडेर जनताको मुद्दामा लड्न र बहस गर्न उनले आग्रह गरिन् ।

‘हाम्रो सहमहामन्त्रीलाई खुकुरी हानेको विषयमा फेसबुकको कमेन्टमा हेर्नुहुन्छ भने बाँकीलाई पनि छप्काइदेउ भनेका छन् । यो समाज नकरात्मकतातर्फ गइराखेको स्थिति छ । तपाईँ हाम्रो लडाईँ मात्र अब जनताले हेर्न चाहँदैनन् । जनताको चुलो बलेको छ कि छैन ? जनताका छोराछोरीहरु सहज तरिकाले अब यहाँ बस्न सक्छन् कि सक्दैनन् ? मेरो बच्चाले सहज तरिकाले विद्यालय गएर विश्वविद्यालयसम्मको ज्ञान नेपालमै लिनसक्छ कि सक्दैन भन्ने हामी कसैलाई पनि विश्वास भएन,’– उनले भनिन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot