Logo

संविधान जारी भएको ८ वर्षमा नै गम्भीर टीकाटिप्पणी सुरु भएको छः कांग्रेस नेता गुरुङ



काठमाडौं, ५ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तारामान गुरुङले जनताले संविधान कार्यान्वयनको पक्षमा प्रश्न उठाएको बताएका छन् । आज (शुक्रबार) केन्द्रिय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले आफू पार्टीको काममा तेह्रथुम जाँदा संविधान कार्यान्वयनको सवालमा धेरै प्रश्नहरुको सामना गर्न परेको बताए ।

संविधानले सुनिश्चित गरेको शिक्षा, स्वास्थ्य लगायतको हकलाई ग्यारेन्टी गर्न नसक्दा संविधान जारी भएको ८ वर्षमा नै गम्भीर खाल्का टीकाटिप्पणी सुरु भएको उनको भनाई छ । संविधानमा शिक्षा, स्वास्थ्यको ग्यारेन्टी र ८ कक्षासम्म निः शुल्क र अनिवार्य शिक्षा भनेपनि व्यवहारमा त्यो नरहेको उनले बताए । निःशुल्क र अनिर्वाय शिक्षालाई कार्यान्वयनमा ल्याउन तत्तकाल शिक्षा ऐन बनाउन आवश्यक रहेको उनले बताए ।

पार्टी महामन्त्री गगन थापा स्वास्थ्य मन्त्री भएको बेला कार्यान्वयनमा आएको स्वास्थ्य विमाको औचित्यता पुष्टि हुँदाहुँदै पनि अहिले कार्यान्वयनका विभिन्न खाल्का समस्या आएको उनको भनाई छ । सरकारी तथा निजी अस्पतालले १० प्रतिशत बेड निःशुल्क रुपमा गरिबका लागि छुट्याइएपनि त्यो कार्यान्वनमा नआएको भन्दै चिन्ता व्यक्त गरे ।

मजदुरहरुको न्युनतम पारिश्रमिक १७ हजार तोकिँदै गर्दा उसको घर व्यवहार चल्छ कि चल्दैन भन्ने पक्षमा कांग्रेसले. सोच्न जरुरी रहेको उनले बताए । ‘संविधान आयो, किसान र मजदुरले के पाए ? आज महिनाको १७ हजार पाउँदै गर्दा उसको परिवारलाई खान लाउन पुग्छ पुग्दैन ? यसमा नेपाली कांग्रेसको अवधारणा के ?’ उनले सभापति देउवालाई प्रश्न गरे ।

 



प्रतिक्रिया दिनुहोस्