Logo

आन्दोलनरत शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता सुरू



काठमाडौं,५ असोज । सरकारले ल्याएको शिक्षा विधेयकको विरुद्धमा तीन दिनदेखि आन्दोलनरत शिक्षक र सरकारबीच आज पनि वार्ता सुरु भएको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा शुक्रबार दिउँसो सवा तीन बजेपछि दुई पक्षबीच वार्ता सुरु भएको हो ।

आजको वार्तामा शिक्षकहरूले उठाएका मागहरूका विषयमा सरकारले आधिकारिक धारणा राख्नेछ। यस्तै, आन्दोलनरत शिक्षक महासंघले पनि उठाउँदै आएका मागमा लचिलो हुन सक्ने नसक्ने प्रष्ट पार्नेछन्। विद्यालय शिक्षालाई स्थानीय तहबाट मुक्त गर्नुपर्ने लगायत १७ बुँदे मागसहित शिक्षकहरू आन्दोलनमा छन् ।

आन्दोलनरत शिक्षक र सरकारबीच यसअघि पनि वार्ता भएपनि कुनै सहमति भने भएको छैन् । तीन दिनदेखि देशभरका सामूदायिक विद्यालय बन्द गरेर आन्दोलनमा होमिएपछि लाखौं विद्यार्थीहरु पढ्न पाउने अधिकारबाट बञ्चित भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot