Logo

अग्रपंतिमा रहेर पार्टीलाई सधैं सहयोग गर्ने नेता जाजुमाथि कांग्रेसको अन्याय



काठमाडौं, ५ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो आठ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरे । देउवाले केन्द्रीय सदस्यमा महेश जाजुलाई पनि मनोनित गर्ने धेरैको आँकलन थियो । तर, उनले यस पटक पनि केन्द्रीय सदस्यमा मनोनित हुने अवसर पाएनन् ।

पार्टीको १४औं महाधिवेशनमा उम्मेदवार बनेर पराजीत भएका मानबहादुर विश्वकर्मा, चन्द्रकान्त भण्डारीदेखि मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा पराजीत शिवप्रसाद हुँमागाई, अर्जुनप्रसाद जोशीसम्म केन्द्रीय सदस्यमा मनोनित हुँदा नेता जाजुलाई नसमेटिनु अन्याय हुने कांग्रेस नेता तथा कार्यकर्ताको बुझाइ छ ।

उद्योगी, व्यवसायी र समाजसेवीको छवि बनाएका नेता जाजुको खोजी कांग्रेसमा अप्ठ्यारो परेको बखत हुने गरेपनि उनलाई अहिलेसम्म पार्टीले कुनै अवसर नदिएको एक केन्द्रीय सदस्य बताउँछन् ।

उनले कांग्रेसको १४औं महाधिवेशनका लागि गठित आर्थिक समितिको सदस्य बनेर आवश्यक खर्च जुटाउन पनि  सक्रिय भूमिका निर्वाह गरेका थिए । विगत लामो समयदेखि राजनीतिमा सक्रिय रहेका जाजुको योगदान, क्षमता र सक्रियतालाई कांग्रेसले कदर गर्न नसकेको भन्दै पार्टीभित्र वहस हुन थालेको छ ।

अल्पसंख्यक समुदायबाट लामो समयदेखि राजनीतिमा सक्रिय जाजुलाई गत निर्वाचनमा कांग्रेसले समानुपातिक सांसद बनाउने धेरैको आँकलन थियो । तर, उनले त्यो अवसर पनि पाउन सकेनन् । दोस्रो संविधान सभा सदस्य निर्वाचनमा समानुपतिक सांसदको सूचीमा परेका जाजुले त्यसबेला पनि अवसर पाएनन् ।

पार्टीका हरेक नेताहरुले जाजुसँग अप्ठारो समयमा लाभ लिएपनि उनलाई अवसर र स्थान दिन भने कन्जुष्याईँ गरेकोभन्दै पार्टीभित्र पनि वहस सुरु भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot