Logo

सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउन सरकारले बोलायो बैठक



काठमाडौं,५ असोज । गत साउन ३ गते बरामद भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणको सत्यतथ्य छानविन गर्न सरकारले गठन गर्न लागेको उच्चस्तरीय छानविन आयोगको बारेमा छलफल गर्न सरकारले बैठक बोलाएको छ ।

सरकारले आजै केहीबेरमा गृहमन्त्रालयमा छलफलका लाग बैठक बोलाएको एक नेताले जानकारी दिए । साउन ३ मा बरामद भएको सुनलाई लिएर नेकपा एमालेले निरन्तर सदन अवरुद्ध गरेपछि गत भदौ ६ गते सरकारले असोज ५ गते छानबिन आयोग बनाउने सहमति गरेर सदन सूचारु गरेको थियो ।

यसअघि दलहरुबीच असोज ५ गते आयोग गठन गर्ने सात दलको दुई बुँदे सहमति भएको थियो । उक्त सहमतिमा राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सचेतकहरूले हस्ताक्षर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot