Logo

कांग्रेस महासमितिको बैठक काठमाडौं बाहिर गर्न केन्द्रीय सदस्यहरुको माग



कांग्रेस महासमितिको बैठक काठमाडौं बाहिर गर्न केन्द्रीय सदस्यहरुको माग
काठमाडौं,५ असोज । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टीको आसन्न महासमिति बैठक काठमाडौं बाहिर गर्न आवाज उठेको छ ।

बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले काठमाडौं बाहिर मधेस प्रदेशमा गर्न माग गरेका छन् । साथै महासमितिले नीति अधिवेशनको पनि काम गर्ने भएकाले तीन दिनबाट समय बढाएर पाँच दिनसम्म बैठक सञ्चालन हुनुपर्ने धारणा केन्द्रीय सदस्यहरूको छ ।

बिहीबारबाट सुरु भएको दोस्रो दिनको शुक्रबारको बैठकमा बोल्दै केन्द्रीय सदस्यहरु मधु आचार्य, प्राध्यापक डाक्टर गोविन्द पोखरेल, जिपछिरिङ लामा लगायतले महासमिति बैठक काठमाडौं बाहिर गर्न माग गरेका छन् । उनीहरुले मधेस प्रदेश कार्यसमितिसँग परामर्श गरेर महासमिति बैठक मधेसमा राख्न अनुरोध गरेका थिए ।

कांग्रेसले मंसिर १३ देखि १५ सम्म काठमाडौंमा महासमिति बैठक गर्ने अघिल्लो केन्द्रीय समिति बैठकले निर्णय गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot