Logo

पूर्वसभामुख ढुंगानाको प्रश्न: राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?



काठमाडौं,५ असोज । पूर्व सभामुख दमननाथ ढुङ्गानाले राजतन्त्र माओवादीले नभई बिपीको विचारबाट फालिएको दाबी गरेका छ्न ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन। उनले २०५२ सालदेखि २०८० सम्मको राष्ट्रिय समय खेर गएको बताए। उनले बिपी संविधान मानेर जाने भए राजतन्त्र फाल्न आवश्यक नभएको कुरामा अडिग रहेका बताए। उनले संवैधानिक राजतन्त्र भएर अक्षरशः ब्रिटिश ढाँचामा राजतन्त्र राख्ने पक्षमा बिपी भएको बताए ।

उनले भने, ‘मेरो अनुभवले यो भन्छ कि २०५२ सालदेखि यो २०८० सम्मको हाम्रो राष्ट्रिय समय जम्मै खेर गएको छ । राजा फाल्ने कुरा कुन ठूलो कुरा थियो ? त्यो संविधानले सक्दैन थियो । राजासँग हामी लडेका थिएनौँ बिपी कोइरालाको विचार हेर्नुस् त । उहाँले राजालाई संविधानसभा भित्र बस्छौ कि बस्दैनौ ? भनेर समय समयमा अल्टिमेटम दिनुभएको थियो । बस्दैनौ भने राजतन्त्र जान्छ भन्नुभएको थियो । यो माओवादीले फालेको हो र ? बिपीको विचारले फालेको हो । बिपी फालिहाल्नेमा हुनुहुन्न थियो । संवैधानिक राजतन्त्र भएर अक्षरशः ब्रिटिश ढाँचामा राजारानीको ढाँचामा हाम्रो राजतन्त्र बस्छ भने हामी राख्छौँ । होइन भने फाल्छौँ भन्नुभएको थियो । त्यसकारण यो माओवादीले फालेको होइन । फालेर राम्रो ग¥यो त ? त्यो पो चाहियो छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot