Logo

जनताले सरकारको अनुभूति गर्न पाएनन्ः मुक्ताकुमारी यादव



काठमाडौं, ५ असोज । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य मुक्ताकुमारी यादवले जनताले सरकार भएको अनुभूति गर्न नसकेको बताएकी छन् । आज (शुक्रबार) केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले मन्त्रालयको काम कारबाही चित्तबुझ्दो नरहेको बताएकी हुन् ।

कांग्रेस सरकारमा भएर पनि जनताले सरकार भएको अनुभूति गर्न नसकेको उनको भनाई छ । जनताले सरकार र शान्ति सुरक्षाको अनुभूति गराउन नसकेको उनले बताईन् ।

‘अहिलेको सरकारका गतिविधिहरु राम्रो भएन । हाम्रो पार्टी नेपाली कांग्रेस पनि सरकारमा छ । मन्त्रालयका काम कारबाहीहरु पटक्कै राम्रो छैन ।’ उनले भनिन्, ‘कांग्रेस पनि गठबन्धनको सरकारमा छ तर सरकारको अनुभूति गर्न पाएको छैनन् । शान्ति सुरक्षाको अनुभूति गर्न पाएको छैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot