Logo

विद्यालय शिक्षा स्थानीय तहबाट सञ्चालन हुन हुँदैनः प्रचार विभाग प्रमुख बस्नेत



काठमाडौं, ५ असोज । जनता समाजवादी पार्टी, नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले विद्यालय शिक्षा प्रदेश तहबाट सञ्चालन हुनुपर्ने बताएका छन् ।

शुक्रबार शिक्षा विधेयकबारे बस्नेतले रिपोर्टर्स नेपालसँग संक्षीप्त धारणा राख्दै स्थानीय तहले विद्यालय शिक्षा सञ्चालन गर्न नसक्ने बताएका हुन् ।

‘स्थानीय तहलाई विद्यालय शिक्षा सञ्चालनको जिम्मा दिनु भनेको प्रदेश तहलाई पंगु बनाउँदै लैजानु हो । यसलाई सच्याउनु पर्छ,’– उनले भने ।

जसपाले शिक्षा विधेयकबारे शुक्रबार विज्ञप्ति जारी गरी संघीयताको मूल्य मान्यता र सिद्धान्तको अनुकूल हुने गरी विधेयक सच्याउनु पर्ने धारणा राखेको थियो ।



प्रतिक्रिया दिनुहोस्