Logo

डिजायर अनलाईन सपिङको ठगी धन्दाः देखाउने एउटा सामान, पठाउने अर्को



काठमाडौं, ५ असोज । डिजायर अनलाईन सपिङले अनलाईन व्यापारको नाममा ठगी धन्दा चलाएको पाइएको छ । सामाजिक सञ्जालमार्फत विभिन्न सामाग्रीहरुको प्रचार-प्रसार गर्ने र उपभोक्तासँग अग्रिम भुक्तानी लिएपछि समयमा सामान डेलिभरी नदिने, अर्कै क्वालिटीको सामान पठाउने र ड्यामेज पठाउनेजस्ता काम गरेर उक्त अनलाईन सपिङले उपभोक्तालाई ठगी गरेको पाइएको हो ।

उक्त अनलाईन सपिङबाट ठगिएपछि हाम्रो सम्पर्कमा आएका एक जना उपभोक्ताले सामान अर्डरका लागि पहिलेनै भुक्तानी गरेको बताए । भुक्तानीपछि पटक–पटक ताकेता गरेपछि मात्रै सामान ल्याइदिएको र निःशुल्क डेलिभरी भनेर अर्डर भएको भएपनि डेलिभरी चार्ज मागेर हैरान बनाएको सुनाए ।

ती उपभोक्ताका अनुसार आफूले मगाएको उक्त सामानमा ड्यामेज फेला परेपछि साटिदिन आग्रह गर्दा डिजायर अनलाईन सपिङको गोदाममै आउन भनियो । समयको सदुपयोगका लागि अनलाईनबाट सामानमगाउँदा आफू ठगिएको उनले बताए ।

डिजायर अनलाईन सपिङले अन्य अनलाईनमार्फत अर्डर गरेर रकम भुक्तानी गरेका अन्य धेरैलाई ठगी गरेको पाइएको छ । सामान ड्यामेज परेर साट्न जाँदा पनि आफूले पैसा थप्न परेको र उक्त सामानको लागि भुक्तानी भएको पैसा फिर्ता माग्दा नदिएको उपभोक्ताहरुको गुनासो रहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot