Logo

चीनको हाङजाओ पुगे प्रधानमन्त्री प्रचण्ड, चीनियाँ राष्ट्रपति सी जिनपिङसँग आजै भेटवार्ता



काठमाडौं, ६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको हाङजाओ पुगेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रचण्ड उतैबाट छिमेकी राष्ट्र चीनको औपचारिक भ्रमणमा गएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड आज हाङजाओमा हुने १९औं एशियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने छन् । प्रचण्डले चीनिया राष्ट्रपति सी जिनपिङसँग आजनै भेटवार्ता गर्ने बताइएको छ । चीन बसाईँका क्रममा प्रधानमन्त्री प्रचण्डले त्यहाँको कृषि तथा औधोगिक विकासका बारेमा समेत अवलोकन गर्ने छन् ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्