Logo

बालकृष्ण खाँणलाई भेट्न शेखर आज पनि कारागारमा



काठमाडौं, ६ असोज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय कारागार पुगेर नेता बालकृष्ण खाँणलाई भेटेका छन् । आज (शनिबार) बिहान केन्द्रीय कारागार पुगेका कोइरालाले खाँणसँग कुराकानी गरेका थिए ।

काइरालाले यसअघि पनि कारागार पुगेर खाँणलाई भेटेका थिए । पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध निकै आक्रमक देखिएका कोइरालाले नेता खाँणसँग सम्बन्ध विस्तार गरिरहेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता रहेको अरोपमा खाँण कारागारमा छन् । उनलाई भेट्न बेलाबेला कांग्रेसका शीर्ष नेताहरु कारागार पुग्ने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्