Logo

समाजवादी ट्रेड युनियन महासंघ गण्डकी प्रदेश समिति पुनर्गठन



काठमाडौं, ६ भदौ । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी ट्रेड युनियन महासंघ गण्डकी प्रदेश समिति पुनर्गठन भएको छ । आज (शनिबार) पोखरामा आयोजित कार्यक्रमबाट भीम मगरातीको अध्यक्षतामा १९ सदस्यीय समिति पुनर्गठन भएको हो ।

समितिको उपाध्यक्षमा मिठु परियार, हिरा मल्ल र कर्णबहादुर नेपाली रहेका छन् भने सचिव रामजुलुस शर्मा, सहसचिव सर्मिला मगराती, कोषाध्यक्ष मिलन तामाङ र सहकोषाध्यक्ष विश्वबहादुर परियार चयन भएका छन् ।

पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्य शिवलाल थापा मगरको प्रमख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य धनप्रसद तामाङ, राजन केसी, रुद्र गुरुङ, पार्टीका केन्द्रीय सदस्य एवम् समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष अर्जुन लम्साल, पार्टीकी केन्द्रीय सदस्य एवम् महासंघकी उपाध्यक्ष सोनाम लामा अतिथि रहेका थिए । कार्यक्रममा मजदुर नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot